Logo

पति हुँदा पनि वेदव्यासको बच्चा जन्माउने महाभारतका यी महिलाहरु



महाभारतमा सयौ पात्र, स्थान, घटना ता विचित्रता र विडम्बनाको वर्णन गरिएको छ । यस ग्रन्थमा तत्कालिक भारतको समग्र इतिहासको वर्णन गरिएको छ । यस ग्रन्थका आदर्श स्त्री–पुरुषको चरित्रबाट धेरैको जीवन प्रभावित पार्दछ । आज हामी महाभारतका यी महिलाहरुको बारेमा कुरा गर्छौ जसले आफ्नो पति हुँदा पनि अरु कसैको सहायताले सन्तानको जन्म दिए ।

अम्बालिका र अम्बिकाः शान्तुन र सत्यवतीको दुई छोरा थिए । चित्रांगद र विचित्रवीर्य । चित्रांगत युद्धमा मारिएपछि विचित्रवीर्य राजा बने । विचित्रवीर्यको विवाह भीष्मले काशीराजका तीन कन्याहरुलाई बल पुर्वक हरण गरेका थिए । जसमा एक अम्बालाई शाल्वराजको श्रीमती भएको कारण छोडिदिएका थिए । उही अम्बा पछि शिखंडीको नामले जन्मिइन् । अन्य दुई जना अम्बिका र अम्बालिकाको विवाह विचित्रवीर्य सँग गरिदिएका थिए ।

विचित्रवीर्यको दुई पत्नी अम्बिका र अम्बालिका थिए दुवै जनाको सन्तान नहुँदै विचित्रवीर्यको निधन भएपछि सत्यवतीले आफ्नो छोरा वेदव्यासलाई सन्तान जन्माउन भनेपछि वेदव्यासले दुवै रानीलाई आफ्नो सामुन्ने निवस्त्र भएर बसेमा गर्भधारण हुने बताएपछि अम्बा र अम्बालिका पालै पालो वेदव्यासको अगाडी गए ।

अम्बिका वेदव्यासको अगाडि डराएर आँखा बन्द गरेकोले उनले जन्माएको छोरा धृतराष्ट्र अन्धो भएर निस्के । अम्बालिका वेदव्याससँग डराएर पहेलो भएकोले उनले पाण्डु जन्मिदा नै रोग लागेको छोरा जन्माइन् । अन्तिममा दासीलाई पठाउँदा दासी निडर भएर बसेकोले वेद वेदान्तमा पांरगत अत्यन्त नितीवान छोराको रुपमा विदुरलाई जन्माएकी थिइन् । यसरी ३ जना ऋषि वेदव्यासका सन्तान थिए ।

कुन्ती र माद्रीः कुन्ती माद्रीको पति पाण्डु थिए । पाण्डु एक श्रापको कारण आफ्नो पत्नीहरुसँग सहवास गर्न सक्दैनथे । कुन्तीलाई ऋषि दुर्वासा दिएर वरदानको कारण देवताहरुलाइृ आह्वान गरेर तीन छोराहरु धर्मराजबाट युधिष्ठिर, इन्द्रबाट अर्जुन, पवनदेवबाट भीम को जन्म दिएकी थिइन् । कुन्तीको मन्त्रले माद्रीले पनि आश्विन कुमारको आह्वान गरेर सहदेव र नकुललाई जन्म दिएकी थिइन् ।

गान्धारीः गान्धारीको छोराहरुलाई कौरव भनिए पनि उनीहरु कुनै पनि कौरववंशी थिएनन् । धृतराष्ट्र र गान्धारीको ९९ छोरा र एक छोरीलाई कौरव भनिन्थ्यो । सबै भन्दा कौरव मध्ये जेठो दुर्योधन हुन् । धृतराष्ट्र र गान्धारीको सन्तान नजन्मिएकाले वेदव्यासले सन्तान जन्माउने वरदान गान्धारीलाई दिएका थिए ।

वेदव्यासले दुई वर्ष अघि दिएको वरदानले गान्धारी गर्भवती नभएपछि एक दिन रिसले आफ्नो पेटमा मुक्का हानिन् र उनको पेटको गर्भ खस्यो । वेदव्यासले गान्धारीलाई तुरुन्त कुण्ड तयार गरेर घिउ हाल्न भने ।

वेदव्यासले गान्धारीको पेटबाट निस्केको मासुको पिण्डलाई अभिमन्त्रीत जल छिर्के । जुन पिण्डबाट १०० बराबर भागमा टुक्रा भए । वेदव्यासले ति सयौ टुक्रालई गान्धारीले बनाएको कुण्डमा राखिदि । कुण्ड २ वर्षपछि हेर्दा सबै भन्दा पहिला दुयोृधनको उत्पत्ति भएको थियो । पछि लगातार कुण्डबाट ९९ छोरा एवं दुशला नामकी एक कन्याको जन्म भएको थियो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्