Logo

गाउँमा मलामी नभएपछि गाउँप्रमुखले गरे निः शुल्क घरको साथमा पैसाको अफर



धेरैजसो व्यक्तिको धेरै पैसा कमाउने चाहाना हुन्छ र पैसा कमाएर आफ्नो कमाइले घर बनाउन चााहन्छन् । अहिले धेरै मंहगी बढेको छ । सबै स्थानमा जग्गा तथा सर सामानको मुल्य छोइनसक्नु भएको समयमा एउटा यस्तो स्थान छ जँहा निशुल्क घर पाइन्छ । यो भन्दा खुशीको कुरा के होला र ! साथमा पैसा पनि पाइन्छ ।

वास्तवमा यो सत्य कुरा इटालीको हो, जँहा गाउँका मेयर विश्वका मानिसहरुको लागि यस्तो अफर गरेका हुन् । यस अफर गरिएकोमा घर खरिद गर्ने इच्छा भएमा निः शुल्क घर दिने र साथमा २ हजार युरो नगद पनि दिने भनिएको छ । हाल जो मानिस बस्न चाहान्छ वा यसको लाभ लिन चाहेमा शर्त भने अनिवार्य रुपमा स्विकार्नुपर्छ । शर्त अनुसार घर खरिद गरी बस्नेले होलिडे होम बनाउनु पर्छ, मानिसहरुले उक्त स्थानलाई व्यवसाय, पसल, बार शुरु पनि गर्न सक्नेछन् । व्यवसाय सुरु गर्नलाई मेयरले सहयोग गर्न समेत सोच बनाएका छन् । र अर्को अन्तिम शर्त परिवारको साथमा बस्न चाहने परिवारको कमाई हरेक वर्ष ७५ सय युरो हुनु पर्छ ।

यस्तो अफर दिने मेयरलाई चारैतिरबाट सम्मान गरिरहेका छन् । वास्तवमा मेयरलाई युवाहरु कामको खोजीमा पलायन हुनबाट रोक्न खोजेको बताइएको छ । उक्त गाउँमा सबै युवाहरु गाँउ छाडेर हिडेपछि सुनसान भएको कारण मानिस मर्दा पनि अन्तिम सस्कार गर्न जाने युवा नभएपछि मेयरले यस्तो अफर गरेका हुन् । बृद्धहरुको निधन हुँदै गएकोले गाउँ सुनसान भई भुतको बास भएको भन्दै मेयरले युवाहरुको लागि अफर दिएका हुन् । उक्त गाउँ चारैतिर हरियाली र खेत छ । हेर्दा निकै सुन्दर देखिने गाउँको जनसख्या १९९० मा ८ हजार भएको पछिल्लो समय २७ सयमा झरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्