Logo

यो गाउँमा चोरी गरेमा अन्धो हुने ! सबै घरका ढोका खुल्ला



भारत मात्र यस्तो देश हो जहाँ स्थानै फरक हुदाँ रहन सहन र परम्परा पनि छुट्टै हुन्छ । जसलाई विश्वासै गर्न सकिदैन । एक यस्तो स्थान छ जहाँ गाउँभरका मानिसहरु घरको ढोका खुला राखेर वनवास जान्छन् ।

विहारको पश्चिम चम्पारण जिल्लामा २ सय वर्षदेखि चलिआएको एक परम्पराको आज पनि पालना गरीरहेका छन् । उक्त गाउँमा करिब ८ सय घर छन् । हरेक वर्ष घरका एक सदस्य वनवास जानु पर्छ ।

बैशाख महिनाको जानकी नवमीको दिन सबै गाउँका मानिसहरु वनदेवीको पुजा गर्न जंगल जान्छन् । जहाँ उनीहरु त्यो दिन त्यहि बस्नुपर्छ । उक्तदिनमा जंगलको बीचमा वनदेवीको पुजा गर्दै प्राकृतिक सम्पदाको रक्षाको लागि प्राथना गर्छन् ।

सबै जंगल जाने हुँदा गाउँभरीका घरहरु भने खुल्ला राख्छन् । उनीहरुले त्यो दिन कसैले चोर्ने प्रयास गरेमा जिन्दगी भर अन्धो हुने विश्वास गर्दै आएका छन् । त्यो दिन सुर्यास्त नहुँदै जंगल गएर सुर्यास्तसम्म जंंगलमा नै बस्नु पर्छ । वनदेवीको पुजाको दिन गाउँमा कोही व्यक्ति बसेमा राम्रो नहुने विश्वास गर्दै आएका छन् । वनदेवीको पुजा गर्दा महिलाहरु प्रसाद बनाउने र पुरुषहरुले पुजा गर्दछन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्