Logo

चिसोलाई सामान्य सम्झदा यस्तो भयो



ब्रिटेनमा बस्ने एक व्यक्तिले चिसोलाई सामान्य सम्झदा ठुलो मुल्य चुकाउनु परेको छ । यति सम्मकी ती व्यक्तिको केही महत्वपूर्ण अङ्ग नै काट्नु परेको छ । ती व्यक्तिको जिन्दगी मरेको भन्दा धेरै भोग्नु परेको छ ।

हैम्पाएर विन चिस्टर शहरमा बस्ने ती व्यक्ति एलेक्स लेविसकलाई चीसोले खोकी लागेको थियो । उनले आफूलाई लागेको खोकीलाई सामान्य ठान्नु नै जिन्दगीको सबैभन्दा ठुलो भुल भयो । उनको स्वास्थ्य बिग्रदै गएर पिसाबबाट रगत लागेपछि डाक्टरकोमा गएका थिए ।

पिसाबमा रगत आएपछि तुरुन्त अस्पतालमा भर्ना भए । उनी सिधै कोमामा गए । डाक्टरले उनको चेक जाँच गरेपछि थाहा भयो उनलाई ग्रुप–ए स्टेपटोकस ब्लड इन्फेक्सन भएको रहेछ । यो इन्फेक्सन सेप्टीसीमिया र टाक्सिक सिन्ड्रोममा परिर्वतन भएमा खतरनाक हुने गर्छ ।

डाक्टरले ज्वरो आएपछि एलेक्सको शरीरमा मासु खाने बग विकसित भयो, जसको कारण उनको दुइटै खुट्टा र बायाँ हात काट्न परेको छ । अङ्गहरु काट्नुका साथै उनको अनुहार पनि खराब भएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्