विश्वका सबै नदीहरु आफ्नै सुन्दरताको कारण चिनिएका हुन्छन् । केही नदीको बारेमा भने रहस्य लुकेको हुन्छ । आज हामी एक नदीको बारेमा बताउन चाहान्छौ, जुन सामान्य हो तर एक दिन अचानक पानीको रंग बदलियो । हामीलाई थाहा छ नदीहरु प्रकृतिको देन हुन् । जब कुनै चीज वा वस्तुमा बदलाव नआएमा प्राकृतिक आपत्तीको सामना गर्न सकिदैन ।
स्पेनमा एंडोरा र कैटलोनियामा बग्ने एक नदीको रंग अचानक हरियो रंगमा बदलिएको छ । ग्रान वलीरा नामको उक्त नदीको रंग हरियो हुनुको कारण धेरै रहस्यमय छ । जुन जुन स्थानमा उक्त नदी बग्ने गर्थ्र्यो त्यहाँका सबै मानिस बिरामी हुन्थे । सबै मानिसहरु बिरामी परेपछि प्रशासनले अनुसन्धान सुरु ग¥यो । पानीको शुद्धताका जाँच गर्दा नदीमा नन टाक्सिक डाई मिसिएको भेटियोे । गैस्ट्रोएन्टेराइटिस भएमा दुषित पानी खानाले वा केही औषधीबाट संक्रमित भाइरसको कारण हाम्रो आन्द्रा र पेट फुल्ने हुन्छ । यसको लक्षणहरु पेटमा गाठो हुने, वाक्वाकी हुने, ज्वरो आउने र पखाला लाग्ने जस्ता हुन्छन् ।
नदी बग्ने क्षेत्रका मानिसहरुमा गैस्ट्रोएन्टेराइटिसको यी सबै लक्षण देखिएका थिए । प्रशासनले भने पानीको रंग मात्र बदलिएको हो तर पानी भने विषालु नभएको निस्कर्ष निकालेको थियो । हालसम्म नदीको किन रंग परिर्वतन भयो भन्ने पत्ता लागेको भने छैन् । एजेन्सी