Logo

कोरोनाबाट पाल्पामा एक महिलाको मृत्यु



काठमाडौं, भदौ १३ । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।। मृतक भदौ ७ गते अस्पताल भर्ना भएकी थिइन् ।

स्वास प्रस्वाससम्बन्धि समस्या बढ्दै गएपनि भेन्टिलेटरमा राखेर उपचार गरिएपनि शुक्रबार राती उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले बताए ।



प्रतिक्रिया दिनुहोस्