धनी, मध्यम वा गरीब हरेक मानिस धर्तिमा बस्छ । सामान्यतया हाम्रो सोच धनी मानिसहरु सुनको थालमा खाने, सत्ने गर्छन भन्ने रहेको छ । धनी मानिसहरुले सबैकुरा महंगो प्रयोग गर्छन् । उनीहरुले प्रयोग गर्ने कार, बस्ने महलको धेरै महंगो सुनेकै हो । तर खुट्टामा लगाउने चप्पलको मुल्यको बारेमा कुरा गर्न गइरहेका छौ । जुन एक जोर चप्पल खरिद गर्ने पैसाले कार किन्न सकिनेछ ।
एक रियालिटी टिवी शोमा निक कैननले सबैभन्दा महंगो चप्पल लगाएकी थिइन् । उक्त चप्पलको मुल्य भारतिय मुद्रा अनुसार १३.३६ करोड रुपैयाँ ४० लाख डलर रहेको छ । यस्तो महंगो चप्पल टाम फोर्ड शुजको जैसन अराशेबेनले तयार गरेको थियो ।
यो चप्पलमा हिरा जडित गरिएको छ, जसको कारण चप्पल महंगो भएको हो । त्यो चप्पल तयार गर्नको लागि १४ हजार सेतो हिरा, सेतो सुन बेसमा प्रयोग गरिएको छ । जसको कुल क्यारेटको तौल ३ सय ४० हो । जसको मुल्य १२३ करोड रुपैयाँ थियो । यो संयुक्त अरब अमिरतमा यो विश्वकै सबैभन्दा महंगो जुत्ताको लन्च भएको थियो । एक मिडिया रिर्पोटका अनुसार लक्जरी चप्पल हिरा र असली सुनले बनाइएको छ । जसलाई एक महिना डिजाइन गर्न लागेको थियो । जो सँग धेरै पैसा छ उनीहरुले धेरै खर्च गर्न चाहान्छन् । एजेन्सी