Logo

सुहागरातमा दुलहीले यस्तो गरेपछि पतिले प्रहरी गुहारे



विवाहको नाममा विश्वासघातको एक कहानी भएको छ । भारतको रोहतकमा नयाँ दुलहीले विवाहको पहिलो रातमा आश्चर्यमा पारिदिएकी छिन् । बिहान सबैजना उठ्दा त दुलही फरार भइसकेककी थिइन् । दुलाहाले प्रहरीमा उजुरी दिएका छन् ।

पिडित दुलाहा पंकजले भिनाजुसँग झारखण्ड गएको र चम्पाडीह गाउँको एक युवतीसँग विवाह गरेको प्रहरीलाई बताएका छन् । ती युवतीसँग विवाह गर्नलाई बिचौलियालाई १ लाख रुपैयाँ समेत दिएको बताएका छन् ।

उनले दुलही लिएर आफ्नो घर आएको दिन पत्नीसँगै सुतेका थिए । विहान आँखा खोल्दा दुलही थिइनन् । पुरै घर परिवारमा खोजी भयो तर उनी भेटिनन् । ती दुलही ढोका खोलेर फरार भएकी थिइन् । आफु बाहिर निस्केर बाहिरबाट नै ताला लगाइदिएकी थिइन् । पंकजले प्रहरीसमक्ष आफुमाथि विश्वासघात भएको भन्दै उजुरी दिएका छन् । उनको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्