हरेक दिनको सुरुवात हामी मध्ये धेरैको चीयाबाट हुन्छ । बिना चीया बिहान र बेलुका कल्पना पनि गर्न सक्दैनौ । एकपटक चीयाको बानी लागेमा त्यसको लत लागिरहन्छ र समय समयमा खोजिरहन्छ । कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चीया पिउने गर्छन् ।
चीया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ । चीयामा हुने एंन्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ । यसको साथै चीयामा अन्य पनि धेरै त्यस्ता तत्व हुन्छन जसले शरीरलाई लाभ पुर्याउछ । मानिसहरुले चीयासँग बिस्कुट वा नमकिन पनि खान मन पराउछन्, तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हानी पुर्याउन सक्छन् ।
आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा चीयासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरामी हुनपनि सकिन्छ ।
- तातो चीया पिउने बित्तिकै पानी पिउन हुँदैन, त्यस समयमा पानी पिउँदा घातक सिद्ध हुनसक्छ । चीया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत आउन सक्छ ।
- मानिसहरुलाई मुला सेवन गर्दा अनुहार र कपाल सफा हुने सम्भावना हुन्छ भन्दै अक्सर खाने गर्छन् । तर चिया पिएपछि कहिल्यै मुलाको सेवन गर्नु हुँदैन ।
- यदि चिया पिएपछि बेसार भएको दुध पिएमा जन्डिस रोग लाग्न सक्छ । यसकारण चिया पिएपछि बेसार हालेको दुध पिउनबाट बच्नु पर्छ । एजेन्सी