Logo

२० वर्ष कान्छो पुरुषसँग विवाह गर्न सात समुन्द्र पार



पाकिस्तानको सियालकोटका २१ वर्षका काशिफ अलीको भेट १० वर्ष पहिले क्यालीफोर्नियामा बस्ने ४१ वर्षिया मारिया हैलेना अबराम्ससँग इन्स्टाग्राममा भएको थियो । विस्तारै–विस्तारै चिनजान बढ्यो र चिनजानलाई मायामा परिणत गरे । मायामा परेपछि दुवै जनाले विवाह गर्ने फैसला लिए । उनीहरुले पाकिस्तानको सियालकोटमा भर्खर मात्र विवाह गरेका छन् । विवाहमा केही नातापर्नेलाई मात्र बोलाएका थिए ।

मारियाले आफु धेरै खुशी भएको जानकारी दिएकी छिन् । उनले काशिफ धेरै राम्रो मान्छे भएको र आफुले धेरै माया गर्ने बताइन् । काशिफले पनि मारियालाई त्यक्ति नै माया गर्छन्। मारियाले काशिफसँग अमेरिका वा पाकिस्तान जहाँ भएपनि सधै सँगै बस्ने वाचा गरेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्