Logo

प्रेमीको खोजीमा करोडपति युवती



जीवनमा जति नै पैसा कमाएपनि कम हुन्छ, तर यदि माया प्राप्त नभएमा जिन्दगी नै अधुरो हुन्छ । यस्तै भएको छ ब्रिटेनकी एक युवतीलाई । १७ वर्षको उमेरमा युवतीलाई चिट्टा परेपछि रातारात करोडौ भईन् तर उनी २३ वर्ष सम्म पनि साचो माया गर्ने कोही भेटिनन् । आफुलाई माया गर्ने प्रेमी खोज्न उनले आश्चर्य लाग्दो तरीका अपनाएकी छिन् ।

वास्तवमा २३ वर्षकी जेन पार्क १७ वर्षको उमेरमा चिट्टा परेकोले करोडपति भइन् । पैसाले उनलाई एश आराम दिएपनि मायामा भने धोका पाइन् । उनी सधै साचो माया खोजिरहिन तर सबैले उनलाई होइन उनको पैसालाई माया गरे ।

जेनले अहिले आफुलाई एक्लोपना महसुस गरेकी छिन् । आफ्नो एक्लोपन हटाउनको लागि उनले एक वेवसाइटमा आफ्नो लागि एक योग्य जोडीको खोजी गरेकी छिन् । उनले आफुलाई साचो माया गर्ने मानिसलाई ६० हजार पाउन्ड वा ६० लाख रुपैयाँ दिने पनि घोषणा गरेकी छिन् । प्रेमीको पदको लागि योग्य उम्मेद्वारले आवेदन दिन सक्नेछन् । जेनले एक सम्बन्धको खोजीमा आफु रहेको, इमान्दार र धन सम्पत्तिको मतलब नगर्ने व्यक्तिहरुले आवेदन दिन सक्ने जानकारी दिएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्