Logo

श्रीमती मोटो भएपछि श्रीमानले डिभोर्स गरे



एउटा समय थियो पति पत्नीको सम्बन्ध जीवन भर साथ निभाउनको लागि । तर, आधुनिकीकरणसँगै विवाह सम्बन्ध कमजोर हुन थालेको छ । सानो विषयमा पनि सम्बन्ध बिच्छेद हुनथालेको छ । यस्तै घटना भारतको मध्यप्रदेशमा भएको छ । जहाँ पत्नी मोटी भएकै कारण सम्बन्ध विच्छेद गरेका छन् ।

सम्बन्ध विच्छेद गर्दा पतिले पत्नी मोटी भएकोले पातली युवती मन पर्ने बताएका छन् । यस्तो कारण देखाउदै पतिले सम्बन्ध विच्छेद गर्दा पत्नी छक्क परेकी छिन् । वास्तवमा पतिले पत्नी मोटी हुँदै जाँदा चिन्तित थिए । पतिको रातदिनको किचकिच सन्न नसकेर पत्नी माइत गएकी थिइन् । ससुराली घरमै गएर नै पत्नीलाई ३ पटक ‘तलाक’ भनेका थिए ।

पत्नीको भनाई अनुसार गुजरातका आरिफ हुसैनसँग उनको विवाह भएको थियो । विवाहको केहि दिनमा नै पति र सासुले उनलाई कुटपटि गर्दै आएका थिए । झगडा गर्दा त मोटी भइस् भन्दै पातलो केटी मन पर्ने बताउथे । सधै त्यस्तै भनेपछि सहन नसकेर माइति गएकी थिइन् । केहि दिन अगि मात्रै पति माइतिमा आएर सम्बन्त्र विच्छेद गरेका हुन् ।

पतिले एक पक्षबाट सम्बन्ध विच्छेद गरेपछि पत्नीले प्रहरी कार्यालयमा उजुरी दिइन् । उनको उजुरी पछि प्रहरीले पतिलाई गिरफ्तार गरेको छ । तीन पटक ‘तलाक’ मा हुने सम्बन्ध विच्छेदलाई गैह्रकानुनी मानिएको छ । तीन पटक ‘तलाक’लाई केन्द्रिय सरकारले दन्डनिय अपराध बताएको छ । पुरै परिवारले आरोपित व्यक्तिलाई सम्झाउदा पनि उनि तलाक फिर्ता लिन मानेका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्