Logo

बालुवाटारले माग्यो बामदेवको नागरिकता प्रतिलिपि



काठमाडौं, २० भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनको नाम सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ ।

गौतम सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित हुने राष्ट्रियसभा सदस्य बन्दैछन् । मन्त्रिपरिषद्बाट नाम पारित गर्न सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि गौतमको नागरिकता बालुवाटारले मागिसकेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट गौतमलाई नागरिकताको प्रतिलिपि पठाउन भनिएको थियो । सम्पूर्ण विवरणसहित गौतमको नाम अब बस्ने मन्त्रिपरिषद्मा प्रस्ताव भई राष्ट्रपतिसमक्ष जानेछ ।



प्रतिक्रिया दिनुहोस्