Logo

पत्नीको लाशसँग ६ दिनसम्म पति सुते



माया मानिसको भावना मात्र नभएर एउटा दुनियाँ नै हो । जसले माया बुझ्छ उस्ले जिन्दगी र यो दुनियाभन्दा ठुलो अरु केही ठान्दैन । यस्ता मानिसहरुको पनि कमी छैन, जसले मायाको बारेमा केही थाहा नै छैन वा महसुस नै गरेका हुँदैनन् ।

सबै धर्ममा मानिसको मुत्यु भईसकेपछि अन्तिम सस्कार गर्ने तरिका फरक फरक हुन्छ । हिन्दु र सिख धर्ममा मानिसको निधन पछि शव जलाउँछन् । भने इस्लाम र ईसाई धर्ममा मरेको मानिसको शरीरलाई जमिनमा गाडिदिन्छन् ।

इंग्ल्यान्डमा एक व्यक्तिले पत्नीको निधन पश्चात अन्तिम सस्कार गर्न दिएनन् र मरेको शरीरलाई आफ्नो बेडरुममा राखे । ती व्यक्तिले शव कोठामा मात्र राखेनन केहि दिन त सँगै पनि सुते । उनको नाम रसेल डेविसन हो । उनकी पत्नीलाई क्यान्सर भएको थियो । १० वर्षदेखि क्यान्सरसँग जुधिरहेकी वैडीले अन्तत क्यान्सरसँग हारेकी थिइन् ।

रसेलले वेडीको आखिरी इच्छा आफ्नो सपनाको घरमा सास फेर्ने भएको जनाएका छन् । वेडीको निधनपछि रसेलले १ हप्तासम्म शवलाई आफ्नै बेडरुममा राखे । शवसँगै कुरा गर्दै निदाउने गर्थे रसेल ।

रसेलले यो दुनियालाई चुनौति दिन आफुले यस्तो जोखिम उठाएको बताएका छन् । उनले जसलाई हामी धेरै माया गर्छौ, उसको निधन पश्चात हामीले क्रुर व्यवहार गर्नुहुँदैन । पत्नीको शवसँग करीब १ हप्ता सँगै सुत्दा धेरै आनन्द प्राप्त गरेको जानकारी दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्