Logo

पत्नी भागेर जाँदा कुमारी केटीसँग विवाह गर्न पाउने समाज



विवाह गर्नु कुनै चुनौती भन्दा कम होइन् । भियतनामबाट १७ सय किलोमिटरमा रहेको चीनको हेनान पहाडका वरिपरिका गाउँमा गरिब मानिसहरु बस्छन् । तर यीनीहरुको अवस्था भियतनामको भन्दा राम्रो छ । चीनका पुरुषले भियतनामकी केटीसँग विवाह गरेपछि यस्तो विषय बाहिर आएको हो । जहाँ पत्नी आफ्नो पतिलाई छाडेर भागिन् ।

यस्तो परिस्थितीमा चीनको एक म्यारिज ब्युरोले एउटा विज्ञापन निकाल्यो । एक चीनी म्यारिज ब्युरोले विज्ञापनमा एक पुरुषले भियतनामकी युवतीसँग विवाह भएको र हाल श्रीमतीले छाडेर गएको कारण भियतनामकै कुमारी केटीसँग विवाह गर्न चाहेको जानकारी दिइएको थियो । चीनको उक्त इलाका समय समयमा विवाहको विषयलाई लिएर भाइरल भइरहन्छ । कयौपटक अनैतिक तरीकाले विवाह भएका खबर पनि बाहिर आएका थिए ।

यस्तो विज्ञापनले केही भियतनामी महिलाहरु खुशी भएका छन् । उनीहरुका अनुुसार जीवनमा विवाह पछि सुधार हुन्छ किनकी आर्थिक रुपले चीनमा जीवनको स्तर माथि छ । तर अब सोच्नु पर्ने कुरा चाहि केटी खरिद गरेर विवाह गर्नु कतिको जायज हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्