Logo

बसाईँ श्रीमानसँग बच्चा प्रेमीबाट



रुसमा एक पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेमीको बच्चा जन्माएकी छिन् । खासमा पति र पुरुषको स्पर्म हेरफेर गर्दा त्यस्तो अवस्था आएको हो ।

एक क्लिनिकले पत्नीसँग मिलेर स्पर्म हेरफेर गर्दा कडा सजाय भोग्नु परेको छ । क्लिनिकले पनि आफ्नो गल्ती स्विकार गरिसकेको छ । क्लिनिकले उपचारको क्रममा पतिको स्पर्ममा महिलाको प्रेमीको स्पर्म बदलिदिएको थियो । क्लिनिकले प्रेमीको स्पर्म बदलिदिने र मेडिकलको पुरै खर्च पतिबाट उठाउने कबुल गरेको थियो ।

याना एनोहिन नामकी यी महिलामाथि मैक्सिम एनोहिनले धोका दिएको आरोप लगाएका छन् । वास्तवमा छोराको जन्म भएपछि पति पत्नीबीच झगडा सुरु भएको थियो । वैवाहिक सम्बन्ध बिग्रदै जाँदा यानाले मैक्सिसलाई बच्चाको सारा सच्चाई बताएकी हुन् । यानाले पतिसँग उपचारको खर्चबाट बच्न स्पर्म हेरफेर गरेको बताइन् ।

यानाले जन्माएको छोराको बाबु उनकै प्रेमी भएको तर सबै खर्च भने पतिले नै गरेका थिए । मैक्सिसले पत्नी र क्लिनिकमाथि पनि मुद्दा हालेका छन् । उनले आफुमाथि धोका भएको हुँदा आफु विक्षिप्त भएको बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्