Logo

कुकुरलाई कैयौं दिन भौकै राखेपछि…



वफादारीको कुरा गर्ने हो भने जनावर मानिस भन्दा धेरै वफादार हुन्छन् ।सबैभन्दा वफादार जनावर कुकुरलाई मानिएको छ । कुुकुरले आफ्नो ज्यान धरापमा राखेर आफ्नो मालिकको प्राणको रक्षा गर्छ । कुकुर वफादार हुनुको साथै धेरै समझदार पनि हुन्छन् । यसैले प्रहरीले पनि कुकुरलाई भर्ती गराउँछ ।

अपराध भएको स्थानमा कुकुरले पत्ता लगाएपछि चोर समात्न प्रहरी सफल हुन्छ । मानिसलाई लागेको गाह्रो काम पनि कुकुरले सजिलै पत्ता लगाउँछ । प्रहरीलाई यति सहयोग गर्ने कुुकुरलाई एक प्रहरी अफिसरले यस्तो व्यवहार गरेका छन् जुन अमानवीय थियो ।

मेक्सिकोका एक प्रहरी अफिसरले कुकुरलाई केही दिन खाना नदिई थुनेर राखेका छन् । दैनिक खाना नखाँदा कुुकुरको हालत बिग्रिएको छ । प्रहरी अफिसरले कुकुरलाई खाना नदिएको कारण आफूसँग पैसाको कमी भएको बताएका छन् ।

प्रहरी अफिसरले डिर्पाटमेन्टमा अन्य खर्च धेरै भएकोले कुुकरलाई खुवाँउने गरेको डाइटको खर्च कटौती गरेका हुन् । यस्तो शर्म लाग्ने घटनाको प्रहरी डिपार्टमेन्टले अनुसन्धान गरेपछि कुकुरलाई बाहिर निकालेको छ र प्रहरी अफिसरलाई भने सजाय दिइरहेको छ । कुकुरको बिग्रदो अवस्था देखेर बाहिर निकालेपछि पेटभर भोजन गराएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्