Logo

प्रेमीकाले ६५ हजार म्यासेज पठाएर तिम्रो रगतले नुहाउने भनेपछि…



मायामा मानिसहरु पागलसम्म हुने गर्छन् यो सबैलाई थाहै भएको कुरा हो । तर आजको यो खबर पढेपछि भने सबैको माया प्रति हेर्ने दृष्टि परिर्वतन हुनेछ ।

वास्तवमा एक डेटिंग साइटमा एक युवतीको एक युवासँग भेट भएको थियो । केहि दिनसम्म कुरा गरेपछि दुवैजनाको समानता धेरै पाए, दुवैजनाको जन्मदिन एकै दिन पर्ने ग¥थ्र्यो । दुवैजना शाकाहारी थिए । कुराकानी बढ्दै जाँदा केटी केटाको मायामा पागल भइन् ।

एक समयमा केटाले केटीसँग कुरा गर्न बन्द गरे । केटा टाढीएपछि केटीलाई रिस उठेपछि ६५ हजार म्यासेज पठाइदिइन् । त्यत्ति धेरै म्यासेज आएपछि केटा केटीसँग दुखी भयो र केटीसँग पुन कुरा भयो । पछि फेरी केटाले केटीसुँग कुरा गर्न छाड्यो । फेरी केटीलाई रिस उठ्यो र आवेसमा केटालाई आफुलाई छाडेमा तिम्रो रगतले नुहाउने चेतावनी सहितको म्यासेज पठाइन् ।

एकदिन केटा नुहाउन बाथटबमा पसेको समयमा केटी पनि बाथटबमा पसेकी थिइन् । केटाले तुरुन्त प्रहरी बोलाएर गिरफ्तार गर्न लगायो । प्रहरीले उनको साथबाट चक्कु बरामद गरेको छ ।

प्रहरीलाई केटीले आफुले धेरै माया गरेको र केटा टाढा हुन खोजेको र आफु नजिक हुन चाहेको बताएकी थिइन् । केटीले सामान्य नाताले आफुहरु नजिक हुँदै मायाको सुरुवात भएको जानकारी पनि प्रहरीलाई दिएकी थिइन् । उनले भित्रै देखि माया गरेकी थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्