Logo

यो फुलले भविष्यको संकेत दिने



फुलको काम वातावरणलाई सुगन्धित बनाउनु हो । बिग्रिएको मुड ठिक गर्नमा पनि फुलले जस्तो अरुले गर्न सक्दैन । घर सजाउन देखि भगवानलाई चढाउन फुलको प्रयोग गर्न सकिन्छ । यो दुनियाँमा फुलका धेरै प्रजातिहरु पाइन्छन् । आज हामी यस्तो फुलको बारेमा बताउन जादैछौ जुन भगवानको प्रिय मानिन्छ ।

यो फुलको बयान पौराणीक कथाहरुमा पनि गरिएको छ । ब्रह्मकमल नामको फुलको बारेमा आज हामी चर्चा गर्नेछौ, जसलाई हिमालय फुलको सम्राट पनि भनिन्छ । ब्रह्मकमल अर्थात ब्रह्माजीको कमल । यस फुललाई नन्दाको प्रिय फुल मानिएको छ ।

यो कमलको विशेषता आधी रात पछि मात्र फुल्ने गर्छ । ब्रह्मकमल फुलेको देख्नु कुनै सपना भन्दा कम हुँदैन । यो फुल फुलेको कसैले देखेमा कुनै कामना गरेमा चाँडै नै पुरा हुने मान्यता रहेको छ । ब्रह्मकमलको जीवनकाल केवल पाँच देखि ५ महिना सम्म हुन्छ ।

६ महिना रहने क्रममा एकपटक मात्र फुल्छ । आधी रातसम्म पुरै फुल्छ र बिहान हुँदा खुम्ची सक्छ । ब्रह्मकमलको बारेमा मानिसहरुको यस्तो मान्यता छ, अज्ञातवासको क्रममा एकदिन द्रौपदी धेरै दुखी भएकी थिइन् । उनलाई कौरवहरुंले गरेको अपमानको धेरै दुख लागेको थियो । जंगलमा एक दिनको बेलुका झरनामा गईन् । झरना हेर्न जाँदा धेरै राम्रो कमल फुल देखिन् । द्रौपदी फुललाई देखर नजिक गईन् कमल फुल फुल्न थाल्यो । फुल फुलेको देखेर द्रौपदी निकै खुशी भईन् । तर एकैछिनमा उनले हेर्दा हेर्दै कमल फुल खुम्चिन थाल्यो । फुलेको सुन्दर फुल खुम्चिएपछि द्रौपदी पुःन निकै दुखी भईन् ।

उक्त फुल फुल्नु र खुम्चनुले द्रौपदीको दुःखको अन्त्य यति मात्र होइन भन्ने संकेत दिएको शास्त्रमा भनिएको छ । उक्त समयबाट आजसम्म यस ब्रह्मकमल फुलले भविष्यको संकेत दिन्छ भनिएको छ ।

ब्रह्मकमल फुलले नराम्रो आत्मा र भुतप्रेत हटाउने पनि बताइएको छ । ब्रह्मकमल धेरै दुर्लभ फुल हो । यो उत्तराखण्ड, उत्तरी म्यानम्यार तथा दक्षिण–पश्चिम चीनमा हुन्छ । यहि धेरै मान्यताको कारण मानिसहरुले यो फुल प्रति धेरै आस्था राख्छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्