Logo

स्कुलको बसको रङ्ग पहेँलो हुनुको कारण



हामी ठुलो शहरमा होस् वा सानो शहरमा वा कुनै गाउँमा बसेपनि स्कुलको बस देखेकै छौ । बसको रङ्ग पहेंलो हुन्छ । तर हामीले कहिल्यै स्कुलको बस पहेलो हुने कारण सोधेका छौ त । आज हामी यस बारेमा चर्चा गर्नेछौ ।

स्कुलको बस पहेंलो एक देशमा मात्र होइन सबै देशमा हुन्छ । अन्य रङ्ग भन्दा पहेलो रङ्ग १.२४ गुणा धेरै आकर्षित गर्छ । जसको कारण टाढाबाट पनि देखिन्छ । स्कुल बसको रङ्ग पँहेलो राख्नुको कारण सुरक्षाको कारण पनि एउटा हो । चीसो मौसममा हुस्सु लाग्दा पनि कुना काप्चामा पनि देख्न सकिन्छ । त्यसकारण सडक दुर्घटना हुनबाट बचाउँछ ।

स्कुल बसको गति सुस्त हुनुपर्छ । स्कुल बसमा सामान्य उपचारका सामान पनि अनिवार्य रुपमा हुनुपर्छ । बसको चालक राम्रो र परिपक्क हुनुपर्छ । यदि कतै स्कुल बसले कुनै पनि नियमको उल्लंघन गरेमा चालकको विरुद्ध उजुरी दिन सकिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्