Logo

हाकिममाथि कर्मचारीद्वारा ११ करोडको क्षतिपूर्तिको मुद्दा



जो कोहीको जीवनमा पनि अनेक घटना हुने गर्छन् । कहिलेकाहीँ नचाहेरै पनि अन्जानमा अरुलाई आघात पुर्याएका हुन्छौ । यस्तो कुराले धेरैलाई नराम्रो लाग्छ । अष्ट्रेलियामा डेभिड हिगेस्टले आफ्नो हाकिममाथि पादेको आरोपमा ११ करोडको मुद्दा हालेका छन् ।

डेविडको अनुसार उनका हाकिम ग्रेट शार्टले जानेर नै डेविडको अगाडी आएर पाद्ने गर्थे, एकदिन मात्र नभएर हरेक दिन त्यस्तै गर्थे । डेविडले आफ्नो मुद्दामा ग्रेगको यस्तो कार्यले उनलाई डिप्रेशन, एनजाइटी हुनुको साथै शारीरीक रुपमा पनि घाइते भएको बताएका छन् । हाकिमले पादेको कारण डेविड घाइते भएका र शारीरिक र मानसिक शोषण भएको भन्दै ११ करोडको क्षतिपुर्ति माग गरेका छन् ।

ग्रेगले आफ्नो बचाउमा पादको कुरा स्विकार गर्दै भनेका छन्, डेविड एक जर्मनका नागरिक भएकोले अष्ट्रेलियामा धेरै कमन मजाक सम्झन नसकेको हो । डेविडले आफ्नो हाकिमलाई पादेकै कारण मिस्टर स्टिङकी को ट्याग दिएका छन् । दुवै पक्षको कुरा सुनेपछि न्यायाधिसले ग्रेगको पक्षमा फैसला गरेका छन् । र ग्रेगलाई पादलाई मजाकको रुपमा नलिन पनि निर्देश गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्