Logo

उपचारको लागि अस्पताल जाँदा युवतीले जन्माइन् बच्चा



इग्ल्यान्डको न्युकैसलबाट एक आश्चर्य लाग्दो घटना बाहिर आएको छ । २१ वर्षकी केटीको पेट अचानक बेस्सरी दुख्यो र रगत बग्न थालेपछि उनी तुरुन्त अस्पताल पुगिन् । तर भिडियो एक्सरे को रिपोर्ट गरेपछि डाक्टरको पनि होस उड्यो । वास्तवमा पेट दुखाई भएपछि एक युवती अस्पताल पुगिन्, उनलाई सामान्य दुखाई नभएर लेबर पेन भएको थियो ।

एक्सरे रिपोर्ट हेरेपछि डाक्टरले सुत्केरी गराउने कोठामा सिफ्ट गरिदिए र जहाँ उनले बच्चाको जन्म दिइन् । २१ वर्षीया युवतीको नाम शरलाट थाम्पसन हो । शरलाटलाई सुत्केरी कोठामा लैजानु भन्दा पहिला उनलाई आफ्नो पेटमा बच्चा हुर्कदै गरेको थाहा नै थिएन् । सबैभन्दा आश्चर्यको कुरा चाँही युवतीले ९ महिनादेखि गर्भवती थिइन् र यसको बारेमा उनलाई कुनै जानकारी नै थिएन् ।

सामान्यतया ३ महिनापछि पेट दखिन थाल्छ । जसलाई बाहिरबाट सजिलै थाहा पाउन सक्छन्, कि महिलाको पेटमा गर्व हुर्कदै छ । तर शरलाटको पेट भने सामान्य केटीहरुको जस्तो थियो । शरलाटलाई बेस्सरी पेट दुख्न थालेपछि अस्पताल पुगेकी थिइन् ।

शरलाटले एक छोरीको जन्म दिएकी हुन् । उनले छोरीको नाम माली राखेकी छिन् । हाल उनको छोरी २ वर्षकी भएकी छिन् । यसरी महिलालाई महिनावारीले झुक्काएको डाक्टरहरुले बताएका छन् । महिनावारी हुँदा पनि महिलालाई ब्लीडिंग हुने गर्छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्