Logo

छोराको १४ वर्षका साथीसँग आमाको माया बसेपछि…



एक महिलाले माया अन्धो हुने कुराको एकपटक फेरी उदाहरण दिएकी छिन् । महिला आफैले टिवीको अन्र्तवार्ताको क्रममा आफ्नो जीवनको बारेमा बताउदै गर्दा एक समय छोराको साथीको २ बच्चालाई जन्म दिएकोे खुलाशा गरेकी हुन् ।

मिररको अनुसार अमेरिकाको जर्जियामा बस्ने लीसा क्लार्क त्यत्तिबेला ३६ वर्षकी थिइन् । त्यतिखेर उनको जिन्दगीमा दुःखले घेरिएको थियो । उनको आफ्नो १४ वर्षका छोरा थिए । उनी केही दिनदेखि पतिसँग सम्बन्ध विच्छेदको चक्करमा थिइन् । लीसाले भनेकी छिन्, १४ वर्षको छोराको साथीसँग भेट भयो । त्यत्तिबेला ती युवकले आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए ।

लीसा र छोराको साथीको विस्तारै विस्तारै कुराकानी सुरु भयो र दुवैजना मायामा डुब्न थाले । लीसालाई पछि मात्र थाहा भयो की आफु प्रेममा परेको केटा आफ्नो छोरासँगै जम्मा १४ वर्षका थिए । लीसा र युवकबीच प्रेम बस्दा सम्म उनीहरुबीच शारीरिक र भावनात्मक सम्बन्ध बलियो भइसकेको थियो । र उनी गर्भवती पनि भइसकेकी थिइन् ।

जार्जियाको कानुन अनुसार लीसाले ती युवक १५ वर्ष पुगेपछि विवाह गर्न सक्थिन् । लीसालाई १४ वर्षका युवासँग सम्बन्ध बनाएको आरोपमा पक्राउ गरेर जेलमा हालिएको थियो । किनकी उनले राखेको सम्बन्ध कानुन अनुसार गैह्रकानुनी थियो ।

उनलाई धेरै समय कैदमा राखियो र कैदबाट छुटेपछि पनि उही युवकको दोस्रो बच्चाको पनि जन्म दिइन् । दोस्रो बच्चाको जन्म भएपछि हाल भने दुवैजना अलग भइसकेका छन् । बच्चाको भने लीसाले नै रेखदेख गर्दै आएकी छिन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्