Logo

९६ वर्षको उमेरमा स्नातक गरेर विश्व रेकर्ड



भनिन्छ अध्ययन गर्नलाई कुनै उमेर तोकिएको हुँदैन । जापानमा ९६ वर्षका एक बृद्धले यसको उदाहरण दिएका छन् । सेगेमी हिराताले बृद्ध उमेरमा पनि इच्छा भएमा पढ्न सकिने पुष्टि गरिदिएका हुन् । हिराता चीनी माटो कलामा स्नातक डिग्री हासिल गरेका छन् । उनले गिनीज बुकमा नाम लेखाइसकेका छन् । हिराताले बृद्ध अवस्थामा पनि नयाँ चीज सिक्नमा आनन्द आउने भएकोले आफु धेरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।

हिराताले ११ वर्षको पाठ्यक्रम पुरा गरेका हुन् । आर्ट एन्ड डिजायनको क्याटो विश्वविद्यालयमार्फत उनले सर्टिफिकेट प्राप्त गरेका हुन् । उनी १०० वर्ष सम्म जिउँन चाहान्छन् । उनी यो उमेरमा पनि कलेज जान उत्साहित हुन्थे । भर्खरैमात्र उनलाई गिनीज बुकले प्रमाणपत्र दिएको छ । १९१९ मा उनी हिरोशिमामा जन्मिएका हुन् र द्धितिय विश्वयुद्धको क्रममा नौसेनामा कार्यरत थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्