Logo

निर्वाचन आयोगमा ओली पक्षधर नेकपाको केन्द्रीय कमिटी विस्तारको पत्र दर्ता



काठमाडौं, ७ पौष । निर्वाचन आयोगमा केपी शर्मा ओली पक्षधर नेपाल कम्युनिस्ट पार्टीले गरेको केन्द्रीय कमिटी विस्तारको पत्र पुगेको छ । आयोगमा उक्त पत्र दर्ता समेत भएको छ ।

निर्वाचन आयोगले अध्यक्ष ओलीको हस्ताक्षरसहित नेकपाको केन्द्रीय कमिटी विस्तारको पत्र दर्ता भएको पुष्टि गरेको हो । पत्रमा ४४७ केन्दीय कमिटीलाई विस्तार गरी ११ सय ९९ पुर्याइएको उल्लेख छ । हाल ५ सय ५६ थप गरिएको र बाँकी १ सय ९७ पछि थपिने जनाइएको छ ।

यसअघि अध्यक्ष ओलीलाई कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले सोमबार नै दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए ।

अहिले नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटी बैठक बसिरहेको छ । बैठकले ओलीमाथि कारबाहीको औपचारिक घोषणा गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्ने तयारी गरेको छ । त्यस अगावै ओली पक्षधर नेकपाले केन्द्रीय कमिटी बैठक डाकेर कमिटी विस्तारको निर्णय गरेको हो ।

कमजोर भए बामदेव र बादल

नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)

सुर्य चिन्हका लागि रस्साकस्सी



प्रतिक्रिया दिनुहोस्