काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरको अभियोग लगाइएको छ । उनलाई प्रहरीले राज्यविरुद्धको कसूर दफा ५८ लगाएर पक्राऊ पूर्जी जारी गरी नियन्त्रणमा लिएको छ ।
प्रहरीले शंखमूलस्थित घरमा पुगेर पक्राऊ पुर्जी थमाएको छ । पक्राऊ पूर्जी बुझेपछि झाँक्रीले सम्बोधन गरेकी छिन् । उनले साथ र सहयोग दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै गिरफ्तारी दिएकी छिन् ।
झाँक्री आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन् । उनीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।
उपत्यका प्रवेश गरेलगत्तै रामकुमारी झाँक्रीलाई पक्राऊ गर्ने तयारी
रामकुमारी झाँक्री सेल्फीमा मस्त, प्रहरी पक्राऊका लागि ठिक्क
रामकुमारी झाँक्रीले भृकुटीमण्डपमा बोल्ने, प्रहरीले के गर्ला र ?
प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो