Logo

प्रधानमन्त्री ओली भावी रणनीति बुन्दै, सांसदहरुसँग छलफल थाले



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । आफूनिकट सांंसदहरुसँग अब कसरी अघि बढ्ने ? भन्नेबारे प्रधानमन्त्री ओली आजबाट छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरेपछि प्रधानमन्त्री ओली केही दबाबमा परेका छन् । तर, उनले तत्काल राजीनामा भने नदिने बताईसेका छन् ।

यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुनर्जन्म

ओलीले संसदमा अविश्वासको प्रस्ताव आएपनि सामना गर्ने तयारी गरेको बुझिएको छ । आजमात्रै ओलीले आफूनिकट प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरे । उक्त छलफलमा ओलीले नेकपा दाहाल नेपाल समूहले कसरी कदम चाल्छ, त्यो हेर्ने अनिमात्रै आफ्नो कदमबारे जानकारी गराउने धारणा राखेका थिए ।

ओली कुन कुन अवस्थामा सत्ताबाट हट्छन्

नेकपाको दुई समूहमा को कता (सूचीसहित)

भोलि विहान बाग्मती प्रदेशका सांसदहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । पछिल्लो समय ओली स्थायी कमिटी बैठक स्थगित गरेर सांसदहरुसँग छलफलमा जुटेका छन् । आजै साँझ ५ बजे मन्त्रिपरिषद् बैठक डाकेका छन् । आजको बैठकमा संसद् बैठक बोलाउनको लागि सिफारिश गर्ने बुझिएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्