Logo

नवनियुक्त सञ्चारमन्त्री थापाद्धारा पदभार ग्रहण, मन्त्रालयमा भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, २७ जेठ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा सपथ लिएलगत्तै मन्त्री थापाले सिंहदरबारस्थित् मन्त्रालयमा आएर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्नुअघि उनलाई मन्त्रालयका सचिवसहित कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्