काठमाडौं, ८ असार । सरकारले आन्तरिक उडान खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान खुलाएको हो ।
उडान संख्याको आधा उडाउन पाउने गरी आन्तरिक उडान खुलाइएको जनाइएको छ । आन्तरिक उडानको मिति भने तोकिएको छैन । नागरिक उड्डयन प्राधिकरणले त्यसको मिति तोक्ने जानकारी दिएको छ ।
यसैगरी, अन्तराष्ट्रिय उडानमा थप उडानहरु खुलाउने निर्णय गरेको छ ।