Logo

काठमाडौँ-कोलोम्बो डाइरेक्ट फ्लाइट हुने



काठमाडौं, १३ भदौ । नेपाल र श्रीलंकाबीच डाइरेक्ट फ्लाइट हुने भएको छ । आगामी मंगलबारदेखि काठमाडौँ-कोलोम्बो डाइरेक्ट फ्लाइट शुरु हुने भएको हो।

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छिन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हप्ताको दुईदिन मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जनाएको छ । श्रीलंकन एयरबाट उडान हुने जनाइएको छ।

 



प्रतिक्रिया दिनुहोस्