एजेन्सी, १६ असोज । लिथुवानियाका एक व्यक्तिले रक्सी त्यागे । तर, उनलाई फलामका किलाकाँटा र पेच निल्ने लत लाग्यो ।
एक महिना देखि पेजकिला निल्न थालेका ती व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगियो । त्यहाँ उनलाई आपतकालिन रुपमा अस्पताल लगेर शल्यक्रिया गरियो ।
तीन घन्टा लामो शल्यक्रियाबाट पेटबाट एक केजी पेचकिला निकालिएको थियो । उनको अवस्था सामान्य रहेको बुझिएको छ ।-Photo Source: Agency