Logo

सर्वोच्चको पत्रसहित क्षेत्री पुगे प्राधिकरण



काठमाडौं, २ फागुन । नागरिक उड्डयन प्राधिकरण पूर्व प्रबन्ध निर्देशक राजकुमार क्षेत्री सर्वोच्चको पत्रसहित कार्यालयमा हाजिर हुन पुगेका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको पक्षमा कारणसहित पक्ष विपक्षलाई १५ दिनको म्याद दिएर अदालतमा उपस्थित हुन आदेश गर्दै आपत्कालीन अन्तरिम आदेश जारी गरेको हो ।

अहिले प्राधिकरणको प्रबन्ध निर्देशकमा ई.प्रदीप अधिकारी नियुक्त भइसकेका छन् । क्षेत्री ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले उक्त स्थानमा अधिकारीलाई नियुक्त गरेको थियो ।

क्षेत्रीले उक्त अवकाशलाई अस्वीकार गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले दिएको सोही पत्र बोकेर क्षेत्री सोमबार प्राधिकरण हाजिर गर्न पुगेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्