काठमाडौं, २२ माघ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्नको लागि विप्लव आज साँझ बालुवाटार पुगेका हुन् ।
यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि विप्लव काठमाडौं आएको बुझिएको छ । भेटवार्तामा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरापनि सहभागी थिए ।
यसअघि महराले पार्टी एकता गर्नेगरि विप्लवसँग नवलपरासीमा पुगेर भेटवार्ता गरेका थिए । आजको भेटवार्तामा पनि दुई दलबीच एकता गर्नेबारे छलफल भएको बुझिएको छ ।