Logo

संसद् अवरोधकै बीचमा ओली प्रधानमन्त्री प्रचण्डसँग फायर



काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् अवरोध गरेको छ । एमाले सांसदहरुको अवरोधपछि सभामुख देवराज घिमिरले बैठक २० मिनेटका लागि स्थगित् गरेका छन् । एमाले सांसदहरुले नाराबाजी गर्दा अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओली पनि उभिएर रोष्ट्रमनजिक पुगेका थिए। सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोश पोखेका देखिन्छ ।

प्रधानमन्त्री दाहालकै दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) ले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्