जाजरकोट, ४ साउन । कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्टटे«डिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।
सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन नहुँदा सर्वसाधारण नुनकै लागि सदरमुकाम पुग्ने गरेका छन् । सदरमुकामस्थित डिपोमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडका कर्मचारीले नुन वितरण गरिरहेका छन् । गाउँका डिपो तथा बिक्री केन्द्रमा ठेकेदारले आफैँ ढुवानी तथा बिक्री गर्दै आएका छन् । जाजरकोटका दल्ली र थलह डिपोमा नुन छ । अन्य डिपोमा नुन सकिएको छ । जुनिचाँदेको ताँगामा भने अहिले नुन नरहेको बताइएको छ । डोल्पाको सदरमुकाम दुनैबाहेक अन्य ठाउँमा अहिले आयोडिनयुक्त नुन छैन ।
जुफाल, काइगाउँ, सर्मी र लिकुमा आयोडिनयुक्त नुन नरहेको प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रमा कोभिडपछि नुन नै ढुवानी हुन सकेको छैन । यहाँ केन्द्रीय कार्यालय आफैँले तिब्बतमार्फत नुन ढुवानी गर्दछ । एक हजार सात सय २५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ ।
रुकुम–पश्चिमको चौरजहारी र मुसिकोटमा दुई डिपो छन् । मुसिकोटमा मात्र नुन छ भने चौरजहारी नुन नरहेको बताइएको छ । जुम्लामा दुई डिपो र एक बिक्री केन्द्र रहेका छन् । त्यहाँ पनि सदरमुकामबाहेक अन्य ठाउँमा नुन छैन । कालीकोट सदरमुकामा डिपो छ भने अर्को रासकोटमा बिक्री केन्द्र छ । अहिले रासकोटमा नुन नरहेका अवस्था छ ।
हुम्लाको सदरमुकाम सिमकोटबाहेक बाहिरका डिपो तथा बिक्री केन्द्रमा नुन नरहेको सो कार्यालयले जनाएको छ । सर्केगाड, श्रीनगर, याल्वाङ्गमा बिक्री केन्द्रमा नुन नरहेको पाइएको छ । यहाँ हवाइमार्गमार्फत नुन ढुवानी हुने गरेको छ । मुगुको सदरमुकाममा डिपोबाहेक अन्य दुई ठाउँमा बिक्री केन्द्रमार्फत नुन वितरण हुँदै आएको छ । अहिले सदरमुकामबाहेक अन्य बिक्री केन्द्रमा नुन छैन । श्रीकोट र सोरुकोटमा नुन सकिएको लामो समय भयो ।
कुन ठाउँमा कति कोटा
रुकुम–पश्चिमको सदरमुकाममा तीन हजार सात सय १८ क्विन्टल कोटा निर्धारण गरिएको छ भने चौरजहारी बिक्री केन्द्रमा आठ सय ८५ क्विन्टल निर्धारण गरिएको छ । जाजरकोटको सदरमुकाममा एक हजार पाँच सय पाँच, दल्लीमा एक हजार ६२, थलहमा एक हजार ६२ र ताँगामा दुई सय ६५ दशमलव ५० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । डोल्पा सदरमुकाममा पाँच सय ३१, जुफालमा तीन सय ५४, सर्मीमा एक सय ७७, काइगाउँमा एक सय ७७ र लिकुमा एक सय ७७ क्विन्टल कोटा निर्धारण गरिएको छ ।
तिन्जेमा एक हजार सात सय २५ दशमलव ७० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यो कोटा अपर्याप्त रहेको जनगुनासोसमेत आएको छ । मुगुको सदरमुकाममा एक हजार दुई सय ३९, श्रीकोटमा आठ सय ८५, सोरुकोटमा आठ सय ८५ क्विन्टल नुनको कोठा निर्धारण गरिएको छ ।
कालीकोट सदरमुकाममा तीन हजार पाँच सय ४०, रास्कोटमा एक हजार एक सय ५० दशमलव ५०, जुम्लाको सदरमुकाममा तीन हजार ९८, नराकोटमा सात सय ९६ दशमलव ५० र गोरुचौरमा आठ सय ८५ क्विन्टल कोटा निर्धारण गरिएको छ । हुम्लाको याल्वाङ्ग बिक्री केन्द्रमा चार सय ४२ दशमलव ५०, श्रीनगरमा आठ सय ८५ र सर्केगाडमा आठ सय ८५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यहाँताए ।
कर्णालीमा २५ हजार क्विन्टल वार्षिक कोटा भएमा मात्र सबैलाई पुग्ने कार्यालय प्रमुख चौधरीले बताए । भारतबाट नुन आउने भएकाले कर्णालीको नुन नेपालगञ्जबाट ढुवानी हुने गरेको उनले बताए । सदरमुकाममा रहेका डिपोबाहेक अन्य ठाउँमा रहेका बिक्री केन्द्रमा ठेकेदार आफैँले ढुवानी गरेर आफैँले नुन बिक्री गर्दै आएका छन् । ठेकेदारले समयमै नुन ढुवानी नगर्दा कर्णालीका सर्वसाधारण हैरान हुँदै आएका छन् । आयोडिनयुक्त नुनको माग बढ्दै गए पनि सरकारले कोटा घटाउदै जाँदा समस्या हुने गरेको छ । बर्सेनि नुनको कोटा घटाउँदा दुर्गममा नागरिकलाई समस्या भएको जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ का कालीबहादुर खड्काले बताए । रासस