Logo
फोटो फिचर

ज्येष्ठ सदस्य सम्मानित

-रिपोर्टर्स नेपाल/संवाददाता

मध्यपुर थिमि शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार भएको १९ औँ वार्षिक साधारणसभामा ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गर्दै सहकारी विभागका रजिष्टार डा

विस्तृत पढ्नुहोस
संविधान दिवसको पूर्व सन्ध्यामा कालिकोट जिल्लाका बजार सरसफाइ

संविधान दिवसको पूर्व सन्ध्यामा कालिकोट जिल्लाका बजार सरसफाइ गर्दै सुरक्षा निकायका प्रतिनिधि र जिल्लाका सरोकारवाला । तस्बिरः खडानन्द अधिकारी

बोटबिरुवा गोडमेल

पोखरामा क्रियाशील नागरिक समाजले आफ्नो स्थापना दिवसको अवसरमा बिहीबार पोखराको लेकसाइडस्थित गाइघाटमा सारिएका बोटबिरुवालाई गोडमेल गर्दै । तस्बिरः जमुना वर्षा शर्मा रासस

धागो र कपडा प्रदर्शनी उद्घाटन समारोह

अर्थमन्त्री डा युवराज खतिवडा नेपाल धागो उत्पादक संघद्वारा काठमाडौँमा बिहीबार आयोजित धागो र कपडासम्बन्धी प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्वीर : नवीन पौडेल (रासस)

नमुना बिद्यालय बनाउन फोहर ब्यावस्थापन

बझाङ केदारस्युँ गाउँपालिका ४ स्थित शिद्धगणेश प्राथामिक बिद्यालयमा आईडिएस नेपालको सहयोगमा बिद्यालयलाई जिल्लाकै नमुना बिद्यालय बनाउन फोहर ब्यावस्थापन गदै विद्यार्थी र शिक्षक तस्वीर : ललित सिंह  (रासस)

छोरीको जन्म दिनमा सहयोग

बिर्तामोड नगरपालिका १ निवासी समाजसेवी मोहन ढकाल परिवारले छोरीको जन्मदिनमा मनाइने उत्सवमा गरिने फजुल खर्च कटाएर पत्रकार उपचार कोषका लागि एक लाख ५१ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गर्दै

संविधान दिवसको अवसरमा सरसफाई

संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रममा सहभागी कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी । तस्वीरः भेषराज बस्नेत (रासस)

किबी खेतीमा गाउँपालिकाका अध्यक्ष

आफ्नो बारीमा फलेको फरकजातको रेड किबी देखाउदै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा । पाइजाले बडिगाड–५ ग्वालिचौरस्थित २५ रोपनी जग्गामा किबी खेती गर्दै आउनुभएको छ । तस्वीरः खेमराज गौतम (रासस)

बागलुङको मालपोतमा कार्यालयमा प्रमु बैंकको एक्सटेन्सन काउण्टर

मालपोत कार्यालय बाग्लुङले बुधबारदेखि बैंक मार्फत राजश्व संकलन गर्नका लागि प्रभु बैकको एक्सटेन्सन काउण्टरको राखिएको छ । काउन्टरको उद्घाटन पछि तस्वीरमा मालपोत कार्यालय र बैकका कर्मचारी । तस्वीरः खेमराज गौतम

पर्यटकलाई स्वागत

मनाङ नासों गाउँपालिका ४ स्थित घरबासमा आएका पाहुनालाई खादा र मालाले स्वागत गर्दै ओडार गाउँका महिला । तस्वीर : नवीन लामिछाने (रासस)

मल खरिद गर्न किसानको भीड

तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारीमा चिनी मल खरिद गर्न किसानको भीड । जिल्लामा केही दिनदेखि मल अभाव भएको र मल आएसँगै सहकारीमा भीड लागेको छ । तस्वीर : कृष्ण न्यौपाने

कपडा बैङ्क

तनहुँको दमौलीमा खुल्न लागेको कपडा बैङ्कका लागि सङ्कलन गरिएको कपडा । लायन्स क्लव अफ दमौली तनहुँले गरीब तथा विपन्नलाई लक्षित गरी कपडा बैङ्क सञ्चालनको तयारी गरेको छ । तस्वीर :

Screenshot