मनाङ, १९ मङ्सिरः वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल ।-तस्बिर : नवीन लामिछाने-रासस
कञ्चनपुर, १९ मङ्सिर । लालझाडी गाउँपालिकामा आयोजित सितोरियो कराते विशेष प्रशिक्षण कार्यक्रममा सहभागी पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद विना मगरलाई तालि बजाएर स्वागत गर्दै खेलाडी ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस
कञ्चनपुर, १९ मङ्सिर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखा परेको कालो चिबे चरा । कालो चिबे चरा छिटो उड्ने पन्छीका रुपमा परिचित छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस
काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलन र हड्ताली न्यायाधीशहरुको विरुद्धमा आजपनि स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले विरोध प्रदर्शन गरेका छन् । पदबहाली गर्दै ओलीले भने- राजनीति गतिरोधको अन्त्य
काठमाडौँ, १७ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित सचिवहरु पदबहाली गर्दै ।-तस्वीर : चन्द्रकला क्षेत्री-रासस
पोखरा १७ मङ्सिर : पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कार्यक्रमको उद्घाटन गर्दै ।-तस्वीर : जमुनावर्षा शर्मा-रासस
लुम्बिनी, १६ मङ्सिरः राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धामको अग्निकुण्डमा हवन गर्दै ।-तस्बिरः भरत केसी-रासस
सुक्दै गएको दाङको राप्ती नदी । वर्षातमा देउखुरीलाई डुबानमा पार्ने उक्त नदी हिउँद लागेसँगै सुक्दै जान थालेको छ ।-तस्वीर : दीपक बोहरा, रासस
लुम्बिनी, १६ मङ्सिरः लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत सहभागी।-तस्बिरः नरेश केसी-रासस
राजविराज, १६ मङ्सिर: सप्तरीको राजविराजस्थित १६ वर्षदेखि निर्माण कार्य अलपत्र परेका कन्या छात्रावास ।-तस्वीर : अरुणकुमार यादव-रासस
काठमाडौँ, १६ मङ्सिर। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक शुरु भएको छ । बिहीबार बालुवाटारमा सत्तारूढ दलको बैठक शुरु भएको हो।-तस्वीर : रोशन सापकोटा -रासस
कञ्चनपुर, १५ मंसिर । शुक्लाफाँटा नगरपालिका– ४ का युवा पोखरीबाट पालिएका माछा बेच्नका लागि ग्राहकसँग मोबाइलमा कुराकानी गर्दै । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस