Logo

रौतहट ४ मा ऋषि धमला नै हुन् त साझा उम्मेदवार ? यस्तो छ अवस्था



७ कात्तिक, काठमाण्डौ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधीसभाको चुनावका लागि टिकट बाँड्ने विषयमा दलहरु छलफलमा जुटेका छन् । पहिलो चरणको चुनावका लागि उम्मेदवार चयन गरेर मनोनयन भइसकेको अवस्थामा दलहरु दोस्रो चरणको चुनावका लागि टिकट वितरण सुल्झाउन लागि परेका हुन् ।

चुनावी तालमेल कसरी मिलाउने भन्ने विषयले पनि दलहरुलाई उम्मेदवार छनौटमा समस्या देखिएको छ । नेपाली कांग्रेसले चुनावी तालमेल र उम्मेदवार छनौटको विषयमा छलफल गर्न आजै संसदीय बोर्डको बैठक बस्ने भएको छ ।

कांग्रेसले मधेशवादी दलहरु राजपा र फोरमसहित राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग पनि तालमेलका लागि छलफल गरिरहेको छ । यसैबिच रौतहट क्षेत्र नम्बर ४ बाट पत्रकार ऋषि धमलालाई टिकट दिने विषयमा पनि आज कांग्रेसको संसदीय बोर्डमा छलफल हुने भएको छ । मधेशवादी दलहरु राजपा र फोरमले धमलालाई उक्त क्षेत्रबाट समर्थन गर्ने प्रतिबद्धता जनाइसकेको छ भने कांग्रेसले पनि धमलालाई नै टिकट दिने विषयमा छलफल गर्न लागेको नेता रे डा. प्रकाशसरण महतले बताएका छन् ।

राप्रपा र राप्रपा प्रजातान्त्रिकलेसमेत धमलालाई सहयोग गर्ने बताएकाले अब कांग्रेसको निर्णय मात्रै बाँकी रहेको छ । धमलालाई नेकपा माओवदी केन्द्रले पनि समर्थन गर्ने आश्वासन दिएको छ ।

त्यस क्षेत्रमा धमलाप्रति जनताको आकर्षण धेरै भएकाले उनैलाई टिकट दिनुपर्ने राजपा र फोरमका नेताहरुले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्