Logo

संगीत नसा होः गायिका कुँवर



काठमाडौं, ३ माघ । संसारमा रहेका हरेक मान्छेका आफ्नै प्रकारका सपनाहरु हुन्छन् । आफ्नै किसिमका भावना र कामनाहरु हुन्छ । कोही विश्व चर्चित बन्ने दाउ खोजि रहेका हुन्छन् । कोही मानिस सानै स्थानमै ठुलो संसार रहेको प्रमाणीत गर्छन ।

मुललुक समाजवादको धावनमार्ग छेउमा उभिएको छ । मुलुक भित्रका हरेक नागरिकले सम्मानजनक तरिकाले जीवन यापन गर्ने वातावरणख र्सिजना गर्नको लागि अनेकन प्रयास हुँदैछन् । कोही राजनीतिक रुपमा, कोही सामाजिक रुपमा, कोही कलाकारीताको माध्ययममा ।

चितवनमा जन्मिएर काठमाडौं कर्म थलो बनाउदै आएकी गायिका सेलिना कुँवर पनि माथि उल्लेखित केही सपनाहरुको भेलमा पौडिरहेकी छन् । उनी गीत संगीत क्षेत्रमा जाने र सिकेर आएकी भने पक्कै होईनन् । जानेर सिकेर आउने प्रकृतिको नियम पनि छैन् । जीवन एक अभ्यास भएकाले त्यसको अक्षरस पालना मात्र गरेकी हुन सेलिनाले ।

हरेक मानिसमा कुनै न कुनै कला हुन्छ । एक न एक नसाले लठ्ठिएको हुन्छ । यो शब्दलाई प्राय मानिसले नर्कान सक्दैनन् । सेलिनालाई संगीतको नसाले मज्जाले छोएको छ । उनी ईमान्दारीताको संगीत यात्रामा रमाउन र कला क्षेत्रमा आफ्नो दर्विलो परिचय बनाउ चाहान्छिन् ।

आधुनिक र चलचित्रका गीत गाउँदै आएकी गायिका सेलिनाले पछिल्लो समयमा देश तथा विदेशका स्टेज शोहरुमा आफ्ना प्रस्तुतिहरु दिदै आएकी छिन् । भोजपूरी गीतहरु समेत गाउने क्षमता भएकी सेलिना विगत ४ वर्षको बीचमा दुवई, मेलेसिया, कतार, भारत लगायतका देशहरुमा पुगिसकेकि छन् । आफ्नै लगनशिलता र प्रयासबाट यस गीत संगीतको क्षेत्रमा आएकी हुन । गायिका सेलिना यसै क्षेत्रमा लागेर जीवन विताउने बताउछिन् ।



प्रतिक्रिया दिनुहोस्