Logo

उपप्रधानमन्त्री श्रेष्ठ र चीनियाँ टोलीवीच शिष्टाचार भेट



काठमाडौं, २२ असार । उप–प्रधानमन्त्री एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेपालकालागि चीनका डेपुटी चिफ अफ मिसन याङ सी चाओवीच शिष्टाचार भेट भएको छ ।

शिक्षामन्त्रालयमा भएको भेट कार्यक्रममा नेपाल र चीनवीचको कुटनैतिक सम्बन्ध ,एक आपसको मित्रता र आर्थिक विषयबारे छलफल भएको हो ।
२०७२ सालमा आएको महाभुकम्पपछि चीन सरकारले तत्काल गरेको सहयोग र पूर्ननिर्माणकालागि त्यसयता गरेको निरन्तर सहयोगकालागि उप–प्रधानमन्त्री श्रेष्ठले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै चीन सरकारले नेपाली विद्यार्थीलाई दिदै आएको छात्रवृत्ति कार्यक्रमबाट नेपाली बिद्यार्थीलाई सहयोग पुगेकाले शिक्षा क्षेत्रमा थप कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको थियो ।

त्यस्तै भुकम्पपछि बन्द भएको चीनसंगको मूख्य नाका तातोपानी नाका खुलाउनेवारे पनि छलफल भएको छ भने नेपालकै पुरानो स्कुल दरबार हाई स्कुलको पुर्ननिर्माणकालागि पनि चीनले चासो व्यक्त गरेकोृ छ । । नेपालस्थित युनेस्को कार्यलयका अध्यक्षसमेत रहुनभएका शिक्षामन्त्री श्रेष्ठलाई टोलीले औपचारिक रुपमा चीन भ्रमणको निम्तो समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot