Logo

उपप्रधानसहित चार मन्त्रालयमा राप्रपा अडान, यसपटक नेतालाई पखाला नलाग्ने



काठमाडौं २४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्मानजनक स्थान पाए सरकारमा जाने बताएको छ । तर, सम्मानजनक सहभागिता नभए बाहिर बसेर संविधान संसोधनमा सहयोग गर्ने भएको छ । अध्यक्ष कमल थापाको नेतृत्वमा उपप्रधानमन्त्रीसहित चार मन्त्रालय राप्रपाले दावी गरेको छ । राप्रपा नेता रोशक कार्कीले राप्रपा सरकारा जान तयार रहेको तर सम्मान जनक मन्त्रालय पाउनुपर्ने बताइन । नेपाली रेडियो नेटवर्कको नपाली बहसमा ऋीषधमलासँग कुराकानी गर्दै उनले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय चाहिने बताइन ।

रापपाले सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न जयन्त चन्दको संयोजकत्वमा वार्ता टोलीसमेत बनाएको छ । टोलीले कांग्रेस र माओवादी केन्द्रको कार्यदलसँग दुईपटक छलफल गरिसकेको छ । सरकारमा जाने पक्षमा पार्टी सकारात्मक रहेको बताउँदै कार्कीले आज प्रधानमन्त्रीसँगको छलफलपछि ठोस निष्कर्ष निकाल्ने बताइन । ‘हामीभन्दा सानो  पार्टीले उपप्रधानमन्त्री पाएको छ, त्यसैले हामीले पनि पाउनुपर्छ,’ उनले भनिन।

आफ्ना प्रधानमन्त्री देउवाले राप्रपालाई चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने बताउँदै आएका छन् । कार्कीले राप्रपाले संविधान संसोधनमा मत दिने बताइन । उनले भनिन ‘अघिल्लो संसोधनमा राप्रपाका नेताहरुले दुषित पानी खाएर पखाला लागेको थियो यसपटक लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot