Logo

यसरी दुईतिहाई पुर्याएर संविधान संसोधन गर्ने तयारी



काठमाडौं २४ असार । एमाले सहमति आए वा नआएपछि संविधान संसोधनमा दुई तिहाई पुरयाउन सरकारले आजबाट वार्ता गर्दैछ । शुक्रबार बालुवाटारमा राजपा नेताहरूसँग भएको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहालसहितका सत्तारूढ दलका नेताहरूले राप्रपा एक भएमा दुई तिहाइ पुग्ने विश्वास दिलाएका थिए । आज राप्रपासँग प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता गर्दैछन् । कांग्रेसका नेता शसांक कोइरालाले एमाले संसोधनमा नआएपनि दुई तिआई पुग्ने दावी गरे ।

उनले ३ सय ९८ मत संसोधनका पक्षमा आउने दावी गरे । राजपा नोता राजेन्द्र महतोले पनि संविधानमा एमाले नआए उसलाई घाटा लाग्ने र उ विना नै दुई तिहाई पुग्ने रिपोटर्स क्लन नेपालका अध्यक्ष ऋषि धमलासँग बताए । तर राप्रपा एक नभएको खण्डमा दुईतिहआई पुग्ने देखिएको छैनन । ‘राप्रपाका सबै सांसदले मतदानमा भाग लिए पारित हुन्छ नलिए असफल हुन्छ,’ सत्तारूढ दलका नेताहरूको भनाइ थियो, ‘असफल भयो भने प्रमुख प्रतिपक्षी एमालेका कारण भएको भनेर चुनावमा मुद्दा बनाएर जान सकिन्छ ।’

मन्त्रिपरिषद् विस्तारमा दुई तिहाइ जुटाउन कांग्रेस र माओवादी केन्द्रले राप्रपालाई ४, विजय गच्छदारको लोकतान्त्रिक फोरमलाई ३, संघीय समाजवादी फोरम आए उसलाई पनि ३, नेकपा संयुक्तलाई १, साना एकसिटे चार सांसदलाई ४ दिने गरी बाँकी रहने १५ मन्त्रालयमा कांग्रेस र माओवादी केन्द्रले भागबन्डा मिलाउने छलफल भएको थियो । संघीय समाजवादी फोरम सरकारमा नआउने भए उसका लागि छुट्याइएको मन्त्रालय कांग्रेस र माओवादीले बाँड्ने गरी टुंग्याउने प्रयास भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot