Logo

संसोधनको औचित्य छैन : एमाले



काठमाडौं २४ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले संविधान संशोधन गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चुनौति दिएका छन् । उनले अहिलेको संसोधन प्रस्ताव राष्ट्रहित विपरित भएको पनि बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उपाध्यक्ष रावलले संविधान संसोधनको औचित्य प्रष्ट पार्नुपर्ने बताएका हुन् ।

‘संविधान संशोधन प्रक्रिया अघि बढाउनु अघि नै संविधानको कुन धारा वा प्रावधानले कुन, जाती, वर्ग, क्षेत्र, लिंग र समुदायको अधिकार कुण्ठित गरेको हो भन्ने जवाफ सरकारले दिनुपर्छ,’ उनले भने ।

संविधान संसोधन जस्तो संवेदनशील विषय औचित्व र अस्तित्वका आधारमा मात्र हुने रावलको भनाइ थियो । अर्को एक प्रसंगमा नेता रावलले छिमेकी राष्ट्र प्रमुख नेपाल आउँदा आउँदा सम्मान गर्नु सामान्य भएपनि सार्वजनिक बिदा नै दिनु राष्ट्रिय स्वाभिमान विपरीत भएको तर्क गरे । एमालेले संसोधन सफल हुन नदिने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot