Logo

विम्बल्डन टेनिसको अन्तिम १६ मा एण्डी मुर्रे र नाडाल प्रवेश



काठमाडौं, २४ असार । विश्व नम्बर एक एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् ।

साबिक विजेता बेलायती मुर्रेले तेस्रो चरणको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् ।

मुर्रेले फोग्निनीलाई ६–२, ४–६, ६–१ र ७–५ को सेटमा हराए । यस्तै दुई पटकका विजेता स्पेनिस नाडालले रुसका कारेन खाचानोभलाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

नाडालले खाचानोभलाई ६–१, ६–४ र ७–६ को सेटमा हराए । नवौं बरियताका जापानी केइ निशिकोरी भने प्रतियोगिताबाट बाहिरिएका छन् । स्पेनका रोबर्टो बाउटिस्टासँग पराजित भएपछि निशिकोरी बाहिरिएका हुन् ।

एण्डी मुर्रे र नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश शनिबार, २४ आषाढ, २०७४ मा प्रकाशित, 845 पटक हेरिएको 10 0 0 0 0 काठमाडौं, असार २४ । विश्व नम्बर एक एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । साबिक विजेता बेलायती मुर्रेले तेस्रो चरणको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् ।

मुर्रेले फोग्निनीलाई ६–२, ४–६, ६–१ र ७–५ को सेटमा हराए । यस्तै दुई पटकका विजेता स्पेनिस नाडालले रुसका कारेन खाचानोभलाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् । नाडालले खाचानोभलाई ६–१, ६–४ र ७–६ को सेटमा हराए । नवौं बरियताका जापानी केइ निशिकोरी भने प्रतियोगिताबाट बाहिरिएका छन् । स्पेनका रोबर्टो बाउटिस्टासँग पराजित भएपछि निशिकोरी बाहिरिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot