Logo

स्वरोजगार बनाउन कम्प्युटर तालिम सञ्चालन



काठमाडौं, २५ असार । समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषले सातदिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ ।
कोषको कार्यलय भृकुटिमण्डपमा सञ्चालित आधारभूत तालिममा १५ जनाको सहभागिता रहेको कोषका सदस्य सचिव यमनाथ मैनालीले जानकारी दिए ।

सदस्य सचिव मैनालीले असाधारण क्षमता भएका तथा अपाङगता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सातदिने कम्प्यूटर तालिम सञ्चार गरेको बताएका छन्।

उनले भने,‘हामी अपाङगता भएका मानिसले पनि केह ीगर्न सक्छन् भनेर प्रमाणित गर्न खोज्दैछौँ, यस कार्यको लागि सबैको साथ जरुर हुन्छ, यस्ता गतिविधि निरन्तर गर्दै जाने कुरा जानकारी गराउँद छौँ।’

उनले अघि थपे,‘नेपालको कानुनले अपाङ्गता भएका मानिसको लागि प्रशस्त बाटो देखाएपनि व्यबहारमा हाम्रो लागि काम नगरेको स्थिति छ, हामी आफैपनि विभिन्न तालिम लिने र आत्म निर्भर बन्ने कोसिस गरिरहेका छौ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot