Logo

मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १-० ले हरायो



काठमाडौं, २७ असार । २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक-शून्यले हरायो ।

नेपालको लागि विजयी गोल २० औं मिनेटमा कप्तान विमल घर्तीमगरले गरेका थिए । अन्जन विष्टको पासलाई घर्तीमगरले कुनै गल्ती नगरी जाली चुमाए ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलको रूपमा बङ्गलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot