Logo

दाहालले भने : ‘देउवाजी, यो त लाजै मर्नु भयो’



काठमाडौं ९ साउन ।
डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । कांग्रेस(माओवादी गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आइतबार बिहान भेटै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन् । पेरिसडाँडास्थित माओवादी मूख्यालयमा सञ्चारकर्मीसँग दाहाल आफैंले यो प्रसंग खुलाएसँगै दुई नेताबीचको आन्तरिक तिक्तता सतहमा आएको हो ।

‘यो त हदै भयो देउवाजी, जनताको सामू लाजैमर्दो भयो,’ आफूले प्रधानमन्त्रीलाई भनेको संवाद उद्धृत गर्दै दाहालले भने, ‘अझै कति पर्खने ? कांग्रेसका मन्त्री छान्न नसक्ने हो भने हाम्रा भए पनि बनाऔं ।’ देउवाले कहिले कांग्रेस केन्द्रीय कार्यसमिति, कहिले अरु नै बहाना बनाएर मन्त्रिपरिषद विस्तार पन्छाउदै आएको दाहालले बताए । उनले सोमबार क्याबिनेट विस्तार गर्न देउवा सकारात्मक रहेको भन्दै अरु पर्खन नसकिने चेतावनी दिए ।

देउवा र दाहालबीच सरकार विस्तारलाई लिएर बालुवाटार र लाजिम्पाटमा पटक(पटक भेट भइसके पनि अनिर्णित रहदै आएका छन् । माओवादी केन्द्रले आफ्नो तर्फबाट बनाइने मन्त्रीको सूची तयार रहेको दाबी गर्दै कांग्रेसलाई सार्वजनिक रुपमै दबाबको रणनीति लिएको हो । देउवाले ढिलासुस्ती गरेको भन्दै उनकै दल कांग्रेसभित्र समेत चर्को आलोचना भएको छ । प्रधानमन्त्री नै सुस्त भईदिदा सरकारको प्रभावकारिता नदेखिएको बताउँदै कांग्रेस केन्द्रीय सदस्यहरुले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न पार्टी बैठकमार्फत् प्रधानमन्त्रीलाई दबाब दिएका छन् । केन्द्रीय सदस्य प्रदिप पौडेलले भने, ‘सरकारले गति दिन नसकेको उदाहरण क्याबिनेट विस्तारमा ढिलाई हो, सरकारको गतिशीलता यस्तै र सुस्त ढंगले चल्ने हो भने पार्टीलाई समाप्त पार्ने काम हुन्छ ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot