Logo

नेविसंघको ‘एक बुथ, ५० युथ अभियान’ सुरु



१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर ‘एक बुथ, ५० युथ अभियान’ सुरु गरेको छ ।

वाम गठबन्धनसँग मुख्य प्रतिस्पर्धा हुन लागेको कांग्रेसको भातृ संगठन नेविसंघले कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न अभियान थालेको हो ।
अभियानअन्तरगत हरेक जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीलाई खटाइएको छ ।
केन्द्रीय समितिमा प्रतिनिधित्व नभएका ८ जिल्लामा सम्बन्धित प्रदेश उपाध्यक्ष र सह–महामन्त्रीलाई संयुक्त रुपमा खटाइएको छ ।

उनीहरुले सम्बन्धित क्षेत्रका उम्मेदवारसँगको समन्वयमा प्रचारप्रसार अभियानसहित अन्य चुनावी गतिविधि सञ्चालन गर्नेछन् भने हरेक शनिबार पार्टीमा त्यसको प्रतिवेदन बुझाउने छन् ।

साथै, नेविसंघले चुनावका वेला हुन सक्ने सम्भावित उछृङ्खल गतिविधिलाई रोक्न प्रत्येक निर्वाचन बुथमा ५० जना युवालाई स्वयंसेवकको रुपमा खटाउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्