Logo

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा



काठमाडौं, ३० कार्तिक । यही मंसिर २ गते हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबार उक्त केन्द्रले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ‘शान्ति, खुशी र स्वस्थको लागि परमात्मा ज्ञान’ मूल नाराका साथ मनाईने स्वर्ण जयन्ती महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका उपाध्यक्ष ब्रह्माकुमार रामसिंह ऐरले महोत्सवको दौरानमा हुने विविध कार्यक्रमहरुको विषयमा जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने महोत्सवमा करिब दश हजार आस्थावानहरुको उपस्थिति रहनेछ ।

महोसत्वमा सकारात्मक जीवनशैली तथा तनाब व्यवस्थापन, खुशी, शान्ति र स्वास्थ्यका लागि राजयोग, स्वस्थ र चुस्त प्रशासनका लागि अध्यात्मिकता र समाजसेवामा निस्वाःर्थ सर्मपण भाव गरि चार सेसन हुने पनि ऐरले जानकारी गराए ।

त्यस्तै कार्यक्रममा केन्द्रका बरिष्ठ राजयोगी तिलकबहादुर शाहीले पनि महोत्सवको बारेमा प्रकाश पारेका थिए । उक्त अवसरमा ब्रह्माकुमार विजयराज सिग्देल र ब्रह्माकुमारी सुगन्धी आचार्यले पनि महोत्सव सफल रुपमा सम्पन्न होस भनि शुभकामना दिएका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकोस्वर्ण जयन्ती महोत्सव २०७४ को प्रेस–विज्ञप्ति
स्वर्ण जयन्ती महोत्सवको महत्व – नेपाल परापूर्व कालदेखि ऋषि, मुनी, तपस्वी र योगीहरूको पवित्र तपोभूमिका रूपमा सुप्रसिद्ध छ । भगवान् पशुपतिनाथको देश, शान्तिदूत महात्मा बुद्धको जन्मस्थल, विदेही राजा जनक तथा जानकी माता सीताको जन्मस्थल एवं विश्वको सर्वोच्च शिखर हिमालय यही भूमिमा रहेको छ । यस अर्थमा आध्यात्मिक अनुष्ठान र जागृतिका लागि यस भूमिलाई नैसर्गिक उपयुक्त वातावरण प्राप्त छ ।

खुशी, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध जस्ता सकारात्मक कुराहरू सबैका लागि सुखद र सहज जीवन सञ्चालन गर्न आवश्यक हुन्छन् ।

अनेक भगिरथ पुरुषार्थको आशय पनि जीवनमा सन्तुष्टता, आन्तरिक कान्ति र तृप्तिका लागि नै गरिन्छन् । उक्त उपलब्धिका लागि निःस्वार्थ सेवाभाव तथा सबै प्रति दया, करूणा र कल्याणकारी भावना हुनु पर्दछ । तर बिडम्बना वर्तमान मानव मन दिव्यता र दानवताको द्वन्द्वस्थल बनेको छ र जीवनमा तनाव, चिन्ता, नैराश्यता तथा मानसिक पीडाले दुखद प्रभाव पारेको छ ।

साथै भौतिकता प्रतिको औधि आकर्षण र लोभवृत्तिले मानिसलाई भोगी, विलासी तथा इन्द्रियहरूको दास बनाइ दिएको छ, जसले क्षणिक कालको सन्तुष्टिको अनुभूति गराएपनि अन्तिम परिणाम खिन्नता र अपराधबोधका कारण दःुखदायी नै हुन पुग्दछ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले ५० वर्षको लामो समयदेखि नेपाल धरतीमा जनहीतको सेवा गर्दै आएको सुखद र सफल अवसरलाई स्वर्ण जयन्ती महोत्सवका रूपमा मनाउने भएको छ ।

अतः यस महोत्सवको दौरान आयोजना गरिने विविध चेतना मूलक कार्यक्रमले मानवीय गुणको विपरित देखा परेका विकृति र विसंगतीको निरूपण तथा मानिसमा दिव्य गुण र सकारात्मक शक्ति आर्जन गर्न एवं त्यसको सशक्तिकरणमा मार्गदर्शन तथा मद्दत मिल्ने छ । यस शुभ शुभउपलक्ष्यमा आयोजना हुने तनाव एवं चिन्तामुक्त जीवन, राजयोग शिविर लगायतका कार्यक्रमले चेतनाको विकास र समाधानमूलक मार्गद्रष्टाको कार्य गर्नुका साथै मानिसलाई मानसिक सन्तुष्टी र आनन्द प्राप्त हुनेछ ।

राजयोगको प्रशिक्षणले मानिसको आन्तरिक मनस्थितिलाई शुद्ध, शक्तिशाली र शान्त बनाउने छ भने कर्ममा उत्कृष्टता तथा सक्रियता ल्याउन सहयोग मिल्नेछ । राजयोग तथा तनाव मुक्त जीवनको विशेष प्रशिक्षणले आत्माको संस्कार परिवर्तन तथा वातावरणलाई समेत स्वच्छ र शुद्ध बनाउन कोशे ढुङ्गाको काम गर्नेछ ।  ब्रह्माकुमारीजको विषयमा ः निरन्तर सक्रियताका साथ गतिशील रूपमा विश्व सामु अगाडि बढदै आएको एक आध्यात्मिक संस्था “प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’’ को स्थापना आज भन्दा ८१ वर्ष पूर्व भएको हो । हाल यसको अन्तर्राष्ट्रिय मुख्यालय भारतको राजस्थान प्रान्तको माउण्ट आबूमा रहेको छ ।

निराकार परमात्मा शिव ज्योतिर्बिन्दुद्वारा प्रजापिता ब्रह्माको साकार माध्यमबाट नयाँ दैवी सृष्टि निर्माणका लागि यस संस्थाको स्थापना भएको हो । सत्य गीता ज्ञानको जीवनमा अवलम्वन र सहज राजयोगको निरन्तर अभ्यास गर्दै मानिसका पुराना आसुरी स्वभाव, संस्कार र चित्तवृत्तिको अशुद्धिलाई परिवर्तन गरी दैवीगुण र मूल्यबाट शृंगारित महान् व्यक्तित्वको विकास गर्नु यसको मूल उद्देश्य हो ।

यो अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघमा गैर सरकारी संस्थाका रूपमा रजिस्टर भई त्यसको सामाजिक तथा आर्थिक परिषदको सल्लाहकार सदस्यका रूपमा पनि रहेको छ । त्यस बाहेक ग्ल्क्ष्ऋभ्ँ को पनि सल्लाहकार रहेको यस संस्थाले विश्वशान्तिका लागि पु¥याएको योगदान तथा मानव जातिको सहअस्तित्व र वातावरणीय शद्धिकरणका बिषयमा गरेको उल्लेखनीय कार्यलाई सम्मान गर्दै संयुक्त राष्ट्र संघले यसलाई ५ ओटा राष्ट्रिय र १ ओटा अन्तर्राष्ट्रिय शान्तिदूत पदकबाट विभूषित गरेको छ ।

विश्वका १४० राष्ट्रमा ८५०० भन्दा पनि बढी सेवा केन्द्रबाट कुनै पनि प्रकारको जाति, धर्म, लिङ्ग र रङ्ग आदि कुनैपनि भेदभाव नराखी ‘एक परमात्म, विश्व एक परिवार’ को भावनाबाट यस संस्थाले सबैलाई सेवा दिइरहेको छ । समाजका सबै धर्म, पेशा र वर्गलाई सहयोग र लाभ हुने गरी यसका २० वटा प्रभागबाट समेत सेवा भइरहेको छ । नेपालमा ब्रह्माकुमारीज ः विगत ५० वर्ष देखि मुलुकमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनस्र्थापन गर्नमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका नामबाट नेपालमा कार्यरत यस संस्थाले महत्वपूर्ण सामाजिक–आध्यात्मिक कार्यहरू गर्दै आएको छ ।

खासगरी धुम्रपान, मद्यपान, लागुपदार्थ जस्ता कुलतबाट दुव्र्यसन मुक्तिको कार्यमा सहयोग दिएको छ । समय प्रति समय क्तचभकक ःबलबनझभलत, क्भाि ःबलबनझभलत, एयकष्तष्खभ त्जष्लपष्लन तथा एभचकयलबष्तिथ म्भखभयिऊभलत आदि विषयमा समेत प्रशिक्षण संचालन गरी सेवा पु¥याउँदै आएको छ । करीब १५०० जति सेवा केन्द्र, उपसेवा केन्द्र, ब्रह्माकुमारी पाठशाला तथा एकाई कक्षाका माध्यमबाट मुलुक भरि ईश्वरीय सेवा चलिरहेको छ । जसबाट लाखौं नरनारी, युवापिंढी तथा अन्य वर्ग आफ्नो जीवनलाई पवित्र, सात्विक र संयमशील बनाई खुशीका साथ जीवनमा पुण्य कर्म गर्दै कुशल व्यवहारका साथ उन्नति–प्रगति गरिरहेका छन् ।

स्वर्ण जयन्ती समारोह ः यस अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौंले आफ्नो ५० वर्षको समय अवधिमा गरेका विविध आध्यात्मिक र सामाजिक गतिविधि र मूल्यनिष्ठ जीवन पद्धति स्थापनाका सम्बन्धमा गरेका सेवाहरूको सिंहावलोकन, मूल्याङ्कन तथा भविष्यमा व्यक्तिको आन्तरिक स्वउन्नति र विश्व–सेवाको कार्यलाई अझ शानदार, सक्रिय र फलदायी बनाउने पक्षमा मनन, चिन्तन तथा विचार विमर्श गरिनेछ ।  अन्ततः ज्ञानसागर परमपिता परमात्मा शिव कल्याणकारीद्वारा रहस्योदुघाटित आध्यात्मिक ज्ञान र सहज राजयोग विधिको अनुसरणले नै समग्र मानव जातिको कल्याण गर्न सक्ने छ भन्ने महसुस गरेका छौं ।

मानव जीवनमा रहेका मनोविकार काम, क्रोध, लोभ, मोह, अहंकारको परिवर्तन विना समाज, राष्ट्र र विश्वमा दिगो कालका लागि आपसी विश्वास, पवित्रता, शान्ति, सुख र समृद्धिलाई स्थापना गर्न सकिंदैन । सबै मानवको साझा चाहना र अभिलाषा हो कि समाजलाई हिंसा, हत्या, भ्रष्टाचार, दुराचार र पापाचारबाट सधैंका लागि मुक्त गर्न सकौं र एक सभ्य, शान्त र सत्यनिष्ठ संसारको स्थापन गरौं ।

यसको पूर्णताका लागि परमात्म प्रदत्त ज्ञान–योगको शिक्षा र सोबाट प्राप्त हुने  आन्तरिक शक्ति नै मूलसूत्र सिद्ध हुने हुँदा यस सत्यलाई जन–जनसम्म पु¥याई समाजको सकारात्मक परिवर्तन हुने आसयले स्वर्ण जयन्ती महोत्सवमा विविध कार्यक्रमहरू आयोजना गरिएका हुन् । स्वर्ण जयन्तीका अवसरमा संचालन गरिने विशेष सेवाका कार्यक्रमहरू देहाय अनुसार छन् ः १) २०७४ मार्ग २ गते शनिबार दिउँसो २ बजे पवित्र पशुपतिक्षेत्रको हंशमण्डप प्राङ्गणमा ठूलो जन समूहको उपस्थितिमा भव्य समारोहका बीच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले ब्रह्माकुमारीज काठमाण्डौ, नेपालको स्वर्ण जयन्ती महोत्सवको समुद्घाटन गर्नु हुने तय भएको छ । २) मंसीर ३ र ४ गते ब्रह्माकुमारीज् अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबू, भारतबाट आउनु भएकी अन्तर्राष्ट्रिय ख्याती प्राप्त विदूषी वक्ता ब्रह्माकुमारी उषाद्वारा प्रातः कालीन सत्र बिहान ७ः००  देखि ९ः०० बजे सम्ममा सकारात्मक जीवन शैली तथा राजयोगबाट आन्तरिक शक्तिको विकास र दिवा कालीन सत्र दिउँसो ३ः०० देखि ५ः०० बजेसम्ममा तनाव व्यवस्थापन विषयमा जीवनोपयोगी प्रवचन र प्रशिक्षण दिइनेछ ।

३) त्यसै गरी मंसीर ३ गते बिहान ९ः०० बजे ब्रह्मामाकुमारीज राजयोग प्रशिक्षण प्रतिष्ठान, नागडोली, चाँगुनारायण नगरपालिका—५ भक्तपुरमा ब्रह्माकुमारीज अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबू, भारतबाट आउनु हुने संस्थाका अतिरिक्त महासचिव राजयोगी विद्वान वक्ता ब्रह्माकुमार बृजमोहनज्यूले सत्य गीताको ज्ञान अहिंसाको सन्देश विषयमा त्यस क्षेत्रको विशाल जनसमूहलाई प्रवचन दिनु हुनेछ भने दिउँसो ३ः३० सिंहदरबार राष्ट्रिय योजना आयोगको हलमा उच्च प्रशासकका लागि स्वस्थ र चुस्त प्रशासनका लागि आध्यात्मिकता विषयमा प्रवचन र प्रशिक्षणको कार्यक्रम तय गरिएको छ ।४) मंसीर ४ गते बिहान ७ः३० देखि ९ः०० बजे सम्म महेन्द्र पुलिस क्लब प्रदर्शनी मार्गमा सिनिएर लायन्स लिडर्स र समाज सेवीहरूका लागि राजयोगी विद्वान ब्रह्माकुमार बृजमोहनज्यूबाट समाज सेवाका लागि निःस्वार्थ समर्पणभाव विषयमा त्बपि एचयनचबmmभ को आयोजना गरिएको छ ।

मंसीर ५ गते बिहान ११ः०० बजे समाजका लब्धप्रतिष्ठित व्यक्ति तथा व्यवसायी समुदायका लागि प्रवचन र ईश्वरीय सेवाका लागि यज्ञमा समर्पण हुनु भएका कुमारी कन्याहरूलाई हेरिटेज गार्डन सानेपा, ललितपुरमा सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ ।५) उल्लेखित कार्यक्रम भन्दा पूर्व मंसीर १ गते बिहान ८ः०० बजे चिकित्सा क्षेत्रका व्यक्तिहरूका लागि शान्ति, खुशी र स्वास्थ्यका लागि राजयोग विषयक ग्रान्डी हस्पिटलमा त्बपि एचयनचबmmभ राखिएको छ भने सोही समयमा इन्टरनेसनल क्लब सानेपा ललितपुरमा विविध पेशागत क्षेत्रका व्यक्तिहरूका लागि पेशागत जीवनमा आध्यात्मिकताको महत्व विषयमा प्रवचन हुनेछ । यस अघि स्वर्ण जयन्तीकै उपलक्ष्यमा कार्तिक २५ गते ब्रह्माकुमारीज परिसर ज्याठा, ठमेलमा रक्तदान कार्यक्रम राखिएको थियो जसमा १०० जनाले रक्तदान गरी महत्वपूर्ण योगदान दिनु भयो । कार्तिक ३० गते बिहान ब्रह्माकुमारी संस्थाका युवा, महिला तथा पुरुषहरूद्वारा ईश्वरीय सन्देश दिने हिसाबले ज्याठा, ठमेल देखि पशुपति क्षेत्र हंशमण्डप प्राङ्गण सम्म ध्बपिबतजयल को आयोजना गर्ने कार्य समेत सम्पन्न भएको छ ।   यसका अतिरिक्त यस अवसरमा पशुपति क्षेत्रमा ५२ फीट उचाइको विशाल शिवलिङ्गको प्रतिमा निर्माण गरिएको छ भने स्वर्ग–बहिश्तको झलक अनुभव हुने गरी देवी देवताका परिधानहरू अत्यन्तै सुन्दर सजावटमा निर्माण गरिएका छन् । साथै नवदुर्गा देवीका झाँकी समेत प्रदर्शन गरिएका छन् । त्यहाँ ख्याती प्राप्त संगीतकार तथा कलाकारहरूद्वारा मन मुग्ध हुने खालका सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत हुनेछन् । काठमाण्डौको कार्यक्रम पश्चात् पूर्वाञ्चलको बिराटनगर, धरान तथा दमक नगरमा पनि संस्थाको स्वर्ण जयन्तीसंग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालन गरिने कुरा तय भएको छ । समग्रमा यी सबै कार्यक्रमहरूबाट बहुसंख्यक जनसमूहमा सकारात्मक प्रभाव पर्ने र जीवनलाई सार्थक बनाउन मद्दत मिल्ने अपेक्षा गरिएको छ । यस पत्रकार सम्मेलन मार्फत यी सबै कार्यक्रमहरूको सम्प्रेसणका लागि हार्दिक अनुरोध गर्दछौं ।   ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विश्वशान्ति भवन, ब्रह्माकुमारी मार्ग  ज्याठा, ठमेल, काठमाण्डौ धभदकष्तभस् दचबजmबपगmबचष्कलभउब।ियचन।लउाबअभदययप उबनभ स् धधध।ाबअभदययप।अयmरद्यप्ष्लल्भउबरि



प्रतिक्रिया दिनुहोस्

Screenshot