Logo

१७ किलो सुनसहित रसुवागढीमा एक व्यक्ति पक्राउ



काठमाडौं, २  मंसिर। चीनको केरुङबाट अवैध रुपमा १७ किलो सुन लिएर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीले चेकजाँच गर्ने क्रममा रसुवागढीबाट रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ का ३१ वर्षीय कार्साङ दाबा तामाङलाई १७ किलो सुनसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot